aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सात कम्युनिष्ट पार्टीबीच एकता, नाम नेकपा (माओवादी) केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
सात कम्युनिष्ट पार्टीबीच एकता, नाम नेकपा (माओवादी) केन्द्र

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्तपत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमाभविसोर पराजुली रहने जानकारी गराइएको छ ।

कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) काअध्यक्षभविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए । उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियानचलेको भन्दै धुव्रिकरणले गतिलिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए । उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँ सम्मआएका छौ ।’

कार्यक्रममा वामपन्थी नेता दल विर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिनभएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमाजोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफलबनाउने जिकिर गरे ।

पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नितिबाट देशकाकुनै पनिनागरिकले कामखोज्न विश्वकाकुनै पनि स्थानमाजाननपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेनाएकता पार्टी र थारु राष्ट्रिय मुक्तिमोर्चाबीच पार्टी गत एकता भएको हो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मान जनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।


 

प्रतिक्रिया दिनुहोस