aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सम्पत्ति शुद्धीकरणमा २२० जना नेताको सम्पत्ति छानविन हुँदै

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०३ माघ २०७७
सम्पत्ति शुद्धीकरणमा २२० जना नेताको सम्पत्ति छानविन हुँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।  यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । 

उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए ।  

प्रतिक्रिया दिनुहोस