
एजेन्सी । प्रविधिको आविष्कारले मानिसको काम गर्ने, सूचना संचार गर्ने , किन बेच गर्ने तथा भुक्तानी गर्ने जस्ता अभ्यासमा तात्विक परिर्वतन आएको छ ।
कम्पनी र उपभोक्ताले नगदमा भुक्तानी गर्ने चाहाना कम हुदै गएकाले एम्पल पे जस्ता सम्पर्क विहिन भुक्तानी गर्ने बानीले लागेको छ । स्मार्ट फोनको व्यापकताले उपभोक्ताले डिजिटल रजिस्टर मार्फत भुक्तानी गर्न पाइरहेका छन् । तथापि अब भने क्रिप्टो करेन्सीको रुपमा एक नया भुक्तानी प्रणलीको उदय भएको छ ।
अहिले विटकोइनको चर्चा प्राय सबैले सुन्दै आएका छन् । योे मुख्य धारामा आउने पहिलो क्रिप्टोकरेन्सी हो, तर अरु पनि धरै खालका यस्ता मुद्राहरु चर्चामा आई रहेका छन् । अहिले केहि नभए पनी २००० फरक फरक किसिमका क्रिप्टो करेन्सी निस्किएका छन् भने यस्ता अरु पनि बढ्दै छन् ।
धरै मानिसहरुले क्रिप्टो करेन्सीको बारेमा सुनेको भएता पनि अनुसन्धानले के देखाउछ भने धरैलाई यसबारे पूर्ण जानकारी छैनन् । त्यसैले यो के हो, के यो सूरक्षित छ,, यसमा कसरी लगानी गर्ने भन्ने प्रश्नहरु पनि उतिकै छ ।
के हो त क्रिप्टो करेन्सी ?
क्रिप्टो करेन्सी एक डिजिटल भुक्तानी गर्ने प्रणालीहो जसको कारोबारको प्रमाणीकरणको लागि बैंक आवश्यकता पर्दैन । उस प्रणलीमा एक समकक्षीबाट अर्कौ समकक्षी समक्ष भुक्तानी लिन वा गर्न पाउने व्यावस्था छ । भौतिक रुपमा पैसा बोक्नुपर्ने ठाउमा क्रिप्टो करेन्सी विशुद्ध डिजिटल डाटा प्रणालीबाट गरिने कारोबार हो । यसमा यदि तपाइले क्रिप्टो करेन्सी कारोवार गर्नु हुन्छ भने सो कारोबारको रकम सार्वजनीक लेजरमा रेर्कड हुन्छ । भनेपछि तपाईले आफ्नो क्रिप्टोकरेन्सि डिजिटल वालेटमा राख्नु भएको हुनेछ ।
कारोबार गोप्य कोडिङ्गले प्रमाणीकरण गरेको कारण यसको नामाकरण क्रिप्टो करेन्सी भएको हो । यसको मतलब वालेट र पब्लिक लेजरको बिचमा डाटाको भण्डारण र संचारको काम कोडिङ्ग प्रणालीबाट गरिएको छ । कोडिङ्ग प्रणलीमा राख्नुको मुख्य उदेश्य भनेको यस प्रणलीलाई सुरक्षीत संचालन गर्नु हो ।
क्रिप्टो करेन्सीमा लगानी गर्न चार वटा टिप्स ,लगानी गर्नु अघि विस्तृत अनुसन्धान
क्रिप्टो करेन्सीमा एक डलर पनि लगानि गर्नुअघि यस करेन्सीबारे विस्तृत जानकारी राख्न जरुरी हुन्छ । यसले लगानीको लागि मञ्च प्रदान त गरेको छ तर यसमा ५०० भन्दा बढि एक्सचेन्जहरु रहेका छन् । यी सबै एक्सचेन्जहरुको राम्रो सँग अध्यन अनुशन्धान गर्न जरुरी छ ।
डिजिटल करेन्सीको कसरी भन्डारण गर्ने
यदि तपाई क्रिप्टो करेन्सीमा लगानी गर्दै हुन्छ भने यसको भण्डारण पनि गर्न पर्ने हन्छ । तपाईले करेन्सीको भण्डारन भने एक्सचेञ्ज वा डिजिटल वालेटमा गर्नु पर्ने हुन्छ । तथापि यो भने धेरै प्रकारका हुन्छन् जस्को आफ्नै किसिमका फाईदा प्रविधिक आवश्यकता र सुरक्षा हन्छन् । अरु एक्स्चेञ्ज जस्तै यसमा पनि लगानी गर्नुू पूर्व राम्रो सँग अवलोकन गरेर मात्र कुनमा भण्डारन गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।
लगानी विविधिकरण जरुरी
राम्रो लगानी गर्नको लागिको विविधिकरण आवश्यक रणनीति मानिन्छ अझ क्रिप्टो करेन्सीको हकमा यो रणनिति विषेश रुपले लागू हुन्छ । विटकोइनको नाम छ भन्दैमा यसमा लगानी भने उचित मूल्याकन गरेर मात्र गर्न उपयूक्त हुन्छ । धेरै खालका आवसरहरु रहेकाले , लगानी पनि धरै विभिन्न खालका करेन्सिमा विचार गरेर मात्र लगानी गर्ने गर्नु पर्छ ।
अस्थिरताको सामाना गर्न तैयार हुनु पर्ने
क्रिप्टोकरेन्सीको बजार धेरै अस्थिर र असुरक्षित बजारमध्य एकमा पर्छ त्यसैले यसमा आई राख्न उतार चढावको लागि सधै तयार रहनु पर्ने हुन्छ । यसको मूल्यमा धेरैनै नाटकिय ढंगले तल माथि भई रहेको हुन्छ । यदि यसको मूल्यमा आउने उतार चढावलाई सावधानी पूर्वक व्यावस्थापन गर्न सकिएन भने तपाईका लागि या उचित छनोट हुने छैन ।
प्रतिक्रिया दिनुहोस