aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

साढे ६ करोड राजस्व छलि गरेको आरोपमा बाराको शुलभ ट्रेड कन्सर्नलाई मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
साढे ६ करोड राजस्व छलि गरेको आरोपमा बाराको शुलभ ट्रेड कन्सर्नलाई मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले साढे ६ करोड राजस्व छलि गरेको आरोपमा बाराको शुलभ ट्रेड कन्सर्नलाई मुद्दा दायरा गरेको छ । झुट्टा तथा नक्कली भ्याट बिल विजक प्रयोग गरी साढे ६ करोड राजस्व छलि गर्ने एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बारा जिल्ला विश्रामपुर बस्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राईटर अमिरी ठाकुरबाट ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी सहित आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

शुलभ ट्रेड कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी २ करोड १५ लाख रुपैयाँ भ्याट तथा ४ करोड ३६ लाख आयकर छली गरेको आयोगको ठहर छ ।
 

प्रतिक्रिया दिनुहोस