aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रदेश १ को प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
प्रदेश १ को प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित

काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ः१० बजेदेखि सञ्चालन भएको थियो ।   

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले  स्थगन भएको सूचना सभामा सुनाएका थिए । 

प्रतिक्रिया दिनुहोस