aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले लिए सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले लिए सपथ

एजेन्सी । अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । बुधबार संसद् भवन (क्यापिटोल हिल) ७८ वर्षीय जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएका हुन् ।  सन् २००८ देखि २०१६ सम्म बाराक ओमामाको कार्यकालमा बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । जो वाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको ४६ औं राष्ट्रपति पद जितेका हुन । 

त्यस्तै, उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।  भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । 

प्रतिक्रिया दिनुहोस