aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
पहिलो विमान दुर्घटना त बडेमानको रुखमा पो ठोक्किएछ

पहिलो विमान दुर्घटना त बडेमानको रुखमा पो ठोक्किएछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
पहिलो विमान दुर्घटना त बडेमानको रुखमा पो ठोक्किएछ

काठमाडौं । प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो, ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।

विसं २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए ।

आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे ।
 
त्यसबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो ।

सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस