aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

५० स्टार्टअपको व्यवसायिक सफलताका लागि सुरूवाती पूँजी जुटाउने निर्णय सहित समिति विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
५० स्टार्टअपको व्यवसायिक सफलताका लागि सुरूवाती पूँजी जुटाउने निर्णय सहित समिति विस्तार

काठमाडौं । नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि सुरूवाती पूँजी(लगानी) जुटाउने निर्णय सहित नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले पूर्णता पाएको छ । 

समितिको सभापतिमा रन्जितराज आचार्य छन् । समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् । समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ सोनर गोम्सर र कविराज जोशी छन् । 

त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र सौरभ ज्योति र अनिल चित्रकार राखिएको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरे । 
 अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएको बताउँदै यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भन्नेतर्फ महासंघले जोड दिएको बताए । स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनले बताए ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना र पढे लेखेका युवा वर्गलाई स्वदेशमा आकर्षित गर्नेतर्फ लाग्नुपर्ने बताए। समितिले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ । 

नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि सुरूवाती पूँजी(लगानी) जुटाउने समितिले निर्णय गरेको छ ।  शुरूवाती पुँजी स्टार्टअप समिति अन्तर्गत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने समितिले जनाएको छ । कविराज जोशीको संयोजकत्वमा इभेन्ट म्यानेजमेन्ट उपसमिति गठन गर्ने, प्रत्येक महिनाको पहिलो शुक्रबार फ्राइडे टक आयोजना गर्ने र महासंघको नेटवर्कमार्फत स्टार्टअपका विषयमा सचेतना कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ ।

निर्णयहरूः
– नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने । 

– नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि शुरूवाती पूंजी लगानी जुटाई दिने । शुरूवाती पूंजी स्टार्टअप समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने छ ।

–  कविराज जोशीको संयोजकत्वमाEvents Management उप‑समिति गठन गर्ने । 

– प्रत्येक महिनाको पहिलो शुक्रवार First Friday Talkआयोजना गर्ने । – महासंघको विद्यमान नेटवर्क मार्फत त Start up का विषयमा देशैभर सचेतनामुलक कार्यक्रम लैजाने । समितिका भावी कार्यक्रम तथा योजनाका विषयलाई छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने ।

प्रतिक्रिया दिनुहोस