aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

५/५ रुपैयाँ गर्दै ३० अर्ब जम्मा, २५ अर्ब खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
५/५ रुपैयाँ गर्दै ३० अर्ब जम्मा, २५ अर्ब खर्च

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको बताएका छन् । 

संसदको सार्वजनिक लेखा समितिको बैठकमा उर्जामन्त्री पुनले बूढीगण्डकीको जलविद्युत आयोजनाको मुआब्जा वितरणलगायतका काम अघि बढेको बताएका छन् ।

चिनियाँ कम्पनी गेजुवासँग सरकारले सम्झौता गरे पनि काम अघि नबढेको र आयोजना बनाउनका लागि प्रतिलिटर पेट्रोलमा लगाएको ५ रुपैयाँ उठाएर जम्मा भएको करिब ३० अर्ब रकमबारे प्रश्न उठेपछि लेखा समितिको बैठकमा उनले सोही रकमनै बूढीगण्डकीको मुआब्जामा खर्च गरेको बताए ।

उनले हालसम्म बूढीगण्डकीको मुआब्जाका लागि २५ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए । मन्त्री पुनका अनुसार २०७३ जेठ १६ देखि हालसम्म ५ रुपैयाँका दरले ३० अर्ब रुपैयाँ संकलन भएको छ । कारोबार दैनिकमा समाचार छ ।  


 

प्रतिक्रिया दिनुहोस