aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुकले आफ्नै मुद्रा चलाउने, यस्तो छ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
फेसबुकले आफ्नै मुद्रा चलाउने, यस्तो छ योजना

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अब आफ्नै मुद्रा चलाउने भएको छ । सन् २०२० को शुरुवाती ६ महिनाभित्र डिजिटल मुद्रा सार्वजनिक गर्ने लक्ष्य फेसबुकले लिएको हो । विश्वभर फैलिदै गएको सामाजिक सञ्जाल सेवा विस्तारका लागि फेसबुकले यस्तो योजना अघि सारेको हो । 

स्वीट्जरल्यान्डको जेनेभामा लिब्रा एशोसिएशन कम्पनी स्थापना गर्दै २८ कम्पनीसँग सहकार्य गरेर डिजिटल मुद्राको नियमन गर्नेछ । डिजिटल मुद्रा प्रयोगका लागि क्यालिब्रा नामक शाखा पनि स्थापना गरेको छ ।

यसबाट मानिसहरुले लिब्रा बचत गर्ने, पठाउने र खर्च गर्ने लगायतका काम गर्न पाउनेछन् । क्यालिब्रा फेसबुकको म्यासेन्जर र वाट्सएपसँग जोडिनेछ । हाल १ अर्ब भन्दा बढीले म्यासेन्जर र वाट्सएप चलाउँछन् । 

उक्त डिजिटल मुद्रामा आफ्नो स्थापित प्रयोगकर्तासँगै बैंक खाता नभएका प्रयोगकर्तालाई पनि वित्तीय सेवा प्रदान गर्न सकिने फेसबुकले जनाएको छ । यो सेवा पैसा पठाउँदा महंगो पर्ने स्थानमा निकै महत्वपूर्ण हुनेछ । प्रयोगकर्ताले यो मुद्रा सामान्य म्यासेज जसरी नै निकै संस्तोमा पठाउन सक्नेछन् । 

लिब्राको योजना विश्वभरका बैंक खाता नभएका १ करोड ७० लाख मानिसका लागि निकै महत्वपूर्ण हुने फेसबुकले अपेक्षा रहेको छ । उनीहरुले आफ्ना आफन्तलाई सुलभ र सहज तरिकाले पैसा पठाउन सक्नेछन् । 

फेसबुकले यो योजना सार्वजनिक गर्दा मंगलबारमात्रै कम्पनीको शेयर २ दशमलव ६ प्रतिशतले बढेको छ । पछिल्लो समय फेसबुकको विश्वसनियतामाथि प्रश्न उठिरहेका बेला डिजिटल मुद्राको अवधारण अघि आएको हो ।

केही आलोचकहरुले यो योजना पनि सफल नहुने बताएका छन् । पछिल्ला केही वर्षमा ह्याक हुने, अवैध कारोबार हुने र आतंकवादका लागि यसको प्रयोग हुने जस्ता समस्या रहेको भन्दै नयाँ योजना पनि सफल नहुनेमा आलोचकहरुले जोड दिएका हुन् । 


 


 

प्रतिक्रिया दिनुहोस