aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
भन्सार दिवस

मंगलबारदेखि एकद्वार प्रणाली लागू हुँदै, तीनवटा विभागसँग आइतबार सम्झौता गर्दै विभाग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० माघ २०७७
मंगलबारदेखि एकद्वार प्रणाली लागू हुँदै, तीनवटा विभागसँग आइतबार सम्झौता गर्दै  विभाग

काठमाडौं । भन्सार विभागले आगामी मंगलबार माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने भएको छ । विभागले भन्सार दिवसको अवसर पारेर सो प्रणाली लागू गर्न लागेको हो । माघ ७ गतेदेखि १३ गतेसम्म विभागले भन्सार सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधि गरेर भन्सार सप्ताह मनाउँदै आएको छ । यहि अवसरमा भोलि आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको तीन वटा विभागसँग एकद्वार प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता गर्न लगेको विभागका महानिर्देशक सुमन दाहालले बताए । 

‘भोलि आइतबार हामी कृषि विभाग, पशुसेवा विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सम्झौता गर्दैछौं,’ उनले भने ‘एक द्वारा प्रणाली कार्यान्वयनको लागि यो प्रक्रिया अघि बढाइएको हो । भन्सार सप्ताहकैबीच अर्थ, कृषि र उद्योगमन्त्रीलाई राखेर यस सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गरिसकेको उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यान्वयनबारे भन्सार विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई बुधबार ब्रिफिङ गरिसकेको पनि उनले बताए । मन्त्रीज्यूहरूबाट प्रतिवद्धता आएपछि मैले एकद्वार प्रणाली लागू गर्नका लागि उहाँहरू( महानिर्देशक) लाई प्रतिवद्ध गराउन लागिएको हो । ’ 

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको हो । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने विश्वास भन्सारले गरेको छ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।  

‘नेपालमा आयात हुने खाद्यान्न तथा औषधि, अरु उपकारण लगायतका मालवस्तुहरू जुन वस्तुले हाम्रो मानव जीवनमा प्रतिकूल असर पुर्याउन सक्छ वा हानी नोक्सानी पुर्याउँछ त्यस्ता वस्तुको गुणस्तर मापन गर्नुपर्ने हुन्छ,’ दाहालले भने ।  यस्तो वस्तुको भेरिफिकेशन गर्नुपर्छ अर्थात क्वारेन्टाइन आवश्यक हुन्छ, त्यस्ता वस्तुको परीक्षण गरेर ‘लाइफ टाइम प्रमिट सर्टिफिकेट’ दिनुपर्ने हुन्छ । 

ती आयात हुने मालवस्तुको करिब ९० प्रतिशत कृषि, पशुसेवा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हिस्सा रहन्छ । त्यसकारण यी तीन विभागमा आशिकुडा वल्र्ड लागू भयो भने यसमा ठूलो परिवर्तन ल्याउँछ । त्यसका लागि हामीले यी विभागसँग सम्झौता गर्न लागेका छौं । 

यसका साथै भोलि आइतबार नेपाल उद्योग वाणिज्य महासंघले भोलि कार्यक्रम गर्दैछ । भन्सार सम्बन्धि अन्तक्रिया गर्दैछ । आइतबार नै राष्ट्रिय व्यापार संघले न्यूरोडमा कार्यक्रम गर्दैछ । सोमबार नेपाल उद्योग परिसंघले निकाशी प्रवद्र्धन सम्बन्धी अन्तक्रिया गर्दैछ । सोमबारनै नेपाल चेम्बर अफ कमर्शले एलिट ब्यांकेटमा अर्थमन्त्री सहितको अन्तरक्रिया कार्यक्रम पनि गर्दैछ । 


 

प्रतिक्रिया दिनुहोस