
विराटनगर । विराटनगर इटहरी सडक खण्डअन्र्तगत बूढीगंगा गाउँपालिका १ अन्तर्गत कोसी राजमार्गको छ लेन सडक यतिबेला दुर्घटनाको प्रमुख स्थल बनिरहेको छ । सडक विस्तार गरेर छ लेनको बनाइए पनि त्यहाँको बिजुलीको खम्बा अहिलेसम्म उखेलिएको छैन, जसले दिनहुँ दुर्घटना बढाइरहेको छ ।
अहिलेसम्म बिजुलीको पोलमा ठोक्किएर दर्जनभन्दा बढी दुर्घटना भएसकेको छ । क्षेत्रीय विद्युत प्राधिकरण विराटनगरका प्रमुख सचितानन्द यादवले निर्माणाधिन सडकको बिजुलीको खम्बा सार्ने जिम्मा सम्बन्धित आयोजनाको भएको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस