aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आठ वर्षमा भारतले चीनलाई पनि जित्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
आठ वर्षमा भारतले चीनलाई पनि जित्ने

एजेन्सी । अबको आठ वर्षमा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्नेछ । अहिले चीनपछि दोस्रो स्थानमा रहेको भारत २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुने आकलन गरिएको हो । संयुक्त राष्ट्र संघको अध्ययनले सन् २०५० सम्ममा भारतको जनसंख्या १.६४ अर्ब हुने देखाएको छ ।

अहिले भारतको जनसंख्या १.३६ अर्ब र चीनको जनसंख्या १.४२ अर्ब छ । यो शताब्दीको अन्त्यमा भारतको जनसंख्या १.५ अर्ब, चीनको १.१ अर्ब, नाइजेरियाको ७३.३ करोड, अमेरिकाको ४३.४ करोड र पाकिस्तानको ४०.३ करोड जनसंख्या हुने अनुमान गरिएको छ । 

२१ औं शताब्दीको अन्त्यसम्ममा विश्वको आवादी सर्वाधिक बढी अर्थात् ११ अर्ब पुग्ने रिपोर्टमा उल्लेख गरिएको छ । आगामी ३० वर्षको अवधिमा विश्वको जनसंख्या करिब २ अर्बले बढेर ९.७ अर्ब हुने सम्भावना रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस