aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

महासंघले गर्यो कर तथा राजस्व समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
महासंघले गर्यो कर तथा राजस्व समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । महासंघ कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको उक्त समितिमा गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी गु्रपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन् ।  त्यसैगरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल रहेका छन् । 

समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य रहेका छन् । अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगेरिया, बैंक वित्तीय तथा बीमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की समितिको सदस्य बनेका छन् । 

समितिकोकार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चुनिएका छन् । 

त्यस्तै एसआर पाण्डे एण्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचन समितिका विशेष आमन्त्रित सदस्य छन् । 

समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दिपक घिमिरे, अधिवक्ता रमेशकुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य सुनिलगोपाल श्रेष्ठ छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । 

अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासंग समेत जोडिएकाले समितिले सोही अनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै महासंघ सचिवालयमा कर राजश्व सम्बन्धी समस्या एवम् गुनासो सम्वोधन गर्न एक इकाई स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए । कार्यक्रममा महासंघको उपाध्यक्ष अञ्जन श्रेष्ठको पनि उपस्थिति थियो ।
 

प्रतिक्रिया दिनुहोस