
एजेन्सी । अमेरिकी सीनेटका ७४ वर्षिय अर्थशास्त्री जेनेट येलेन अमेरिकाको पहिलो महिला वित्त मन्त्री बनेकी छिन । अमेरिकाको २३१ बर्षको इतिहासमा पहिलो पटक महिला वित्तमन्त्री बनेकी हुन ।
सिनेटको सुनुवाईको बेला येलेनको समर्थनमा ८४ र विपक्षमा १५ मत प्राप्त भएको थियो । उनको शपथ ग्रहण गर्ने बारेमा व्हाइट हाउसले कुनै जानकारी दिएको छैन ।
ट्रेजरी सेक्रेटरीका रूपमा उनी राष्ट्रपति जो बिडेनको १.९ ट्रिलियन डलर अमेरिकी रेस्क्यु योजनाको निरीक्षण गर्नेछिन । योजनामा १४०० डलरको प्रोत्साहन चेक, बेरोजगारी अन्त्य र कोविड १९ खोप र परीक्षणको लागि रकम समावेश रहेको छ ।
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।
सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताइन ।
सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन । उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भन्नु भएको छ । उनले भने, “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”
सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहेको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बताए ।
रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए । अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस