aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतको गणतन्त्र दिवसको अवसरमा नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
भारतको गणतन्त्र दिवसको अवसरमा नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउनुभयो र त्यसपश्चात भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएउा थिए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको छ ।  राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

सोहि दिन राजदूतले इन्डिया हाउसमा स्वागत समारोहको आयोजना गरे । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक रहेका थिए । सो समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले ‘Sampark-India-Nepal Alumni Network’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरिएको छ ।  

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय राजदूतावासद्वारा आयोजित Maitri Through My Lens फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस