
काठमाडौं । नेपालमा सबैभन्दा विदेशी लगानीकर्ताले चासो दिन थालेको र आकर्ष ठूलो पूर्वाधार भएको छ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । दीर्घकालिन भविष्य भएको र सञ्चालनपछि बर्षेनी लाभ लिन सक्ने आयोजना भएकै कारण दार्त निकायको यो आयोजनाप्रतिक आकर्षक र चासो बढेको देखिएको छ ।
बारा स्थिति निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको १० वर्ष अगाडि नै विस्तृत अध्ययन प्रतिवेदन तयार भएको भएपनि हालसम्म कुनै कामै नभइ यो प्रतिवेदन मन्त्रालयमै थन्किएको छ । कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइडले तयार पारेको यो प्रतिवेदन कार्यान्वयन गर्ने र सोही कम्पनीलाई निर्माण गर्न दिएको भए चार वर्ष अगाडि नै विमानस्थल सञ्चालनमा आउने र हालसम्ममा दोस्रो चरणको निर्माण सकेर बार्षिक एक करोड यात्रुलाई सेवा दिने क्षमतमा विमानस्थल निर्माण भइसक्ने थियो ।
यही परियोजनालाई अगाडि बढाउन सरकारले अहिले लगानी सम्मेलनमार्फत लगानी जुटाउन यसलाई पनि सोकेसमा राखेको थियो । यो आयोजनामा लगानी सम्मेलनमा रािखएका मध्ये सबैभन्दा धेरै (पाँच वटा) विदेशी निकायले लगानीको इच्छा देखाइसकेका छन् ।
यो विमानस्थल बनाउँन स्विस कम्पनी जुरिच एयरपोर्ट लिमिटेडले इच्छा देखाएको लगानी बोर्डले जानकारी दिएको छ ।
आजसम्मको समय दिएर प्रस्ताव मागिएको लगानी सम्मेलनको परियोजनमा सबैभन्दा बढी अहिलेसम्म यही परियोजनामा आवेदन परेको छ । बोर्डले थप एक महिनाको समय थप गरेर लगानी जुटाउने बताएकोले अझै यसमा आकर्षक प्रस्ताव पर्न सक्ने बोर्डले आर्थिक न्युजलाई जानकारी दिएको छ ।
विमानस्थल निर्माण तथा नेपालमा वैदेशिक लगानीको वातावरणबारे क्वालालाम्पुरस्थित जुरिच एयरपोर्ट इन्टरनेसनल एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनियल बिर्चरले बोर्डको कार्यालयमा आएर जानकारी लिएको लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले बताए ।
ट्जरल्यान्डको जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिकालगायतका देशमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको स्विस कम्पनीले निजगढ विमानस्थल निर्माणमा रुचि देखाएको हो । कम्पनीले दक्षिण–पूर्वी एसियामा लगानी तथा सेवा विस्तारको अवसार पहिल्याउन मलेसियाको क्वालालाम्पुरमा कन्सल्टेन्सी कार्यालय स्थापना गरेको थियो । साढे तीन खर्ब रुपैयाँ लागत अनुमान गरिएको विमानस्थलमा लगानी गर्न जुरिचसहित पाँचवटा विदेशी कम्पनीले इच्छा देखाएक छन् ।
सीईओ अधिकारीका अनुसार सो कम्पनीले अनलाइनमार्फत इच्छापत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट एप्लिकेसन) पेस गरेका छन् । परियोजनाका लागि विस्तृत प्रस्ताव भने आउन बाँकी छ । विस्तृत प्रस्ताव पेस गर्ने समय २० अप्रिल (आज बैशाख ७, २०७५)सम्म मात्र भएकाले समय थप्न सीईओ डेनियलले आग्रह गरेका थिए ।
‘विस्तृत प्रस्ताव पेस गर्न समय कम भयो भन्ने उहाँहरूको भनाइ छ,’ सिइओ अधिकारीले भने । यसैबीच समय थप्ने निर्णयसमेत बिहीबारको बोर्ड बैठकले गरेको छ । योसहित सोकेसका परियोजना सबैका लागि लगानी आवेदन म्याद एक महिना थपपनि भएको छ । लगानी बोर्डले लगानी सम्मेलनमा प्रस्तुत सोकेसका ७७ परियोजनामा लगानीका लागि आवेदन दिने म्याद एक महिना थप गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बिहीबार बसेको ३७औँ बोर्ड बैठकले वैदेशिक लगानीकर्ताको मागअनुसार आवेदन गर्ने म्याद जेठ ७ सम्म थप्ने निर्णय गरेको हो । सम्मेलनमा बोर्डले तोकेको आवेदन भर्ने समयसीमा ७ वैशाखमा सकिँदै थियो । बिहीबारसम्म सोकेसका परियोजनामा वैदेशिक लगानीका लागि ३३ भन्दा बढी प्रस्ताव आइसकेका बोर्डले जानकारी दिएको छ ।
निजगढ विमानस्थल निर्माण भएपछि यसले बार्षिक ६ करोड यात्रु बोक्ने, तीनवटा धावनमार्ग भएको, विश्वकै ठूलो क्षेत्रमा बन्ने विमानस्थल हुने छ । यो विमानस्थल बनाएको अवस्थामा दक्षिण एसियाकै हब विमानस्थल हुने पनि उल्लेख छ । यो विमानस्थल बनाउन सरकारले प्राथमिकताका साथ योजनालाई अगाडि सारेको पनि उल्लेख छ ।
यस्तो छ निजगढ विमानस्थलको प्रतिवेदन
प्रतिक्रिया दिनुहोस