aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

बजेटप्रति सत्तारुढ संसदकै असन्तुष्टि, देशकोे मन्त्री बन्न नसकेको भन्दै महासेठको राजीनामा माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
बजेटप्रति सत्तारुढ संसदकै असन्तुष्टि, देशकोे मन्त्री बन्न नसकेको भन्दै महासेठको राजीनामा माग

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसदले नै आफ्नो पार्टीका नेता एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्।बुधबार आर्थिक वर्ष २०७६/०७७ का निम्ति विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै नेकपाका सांसद लालबहादुर थापाले मन्त्री महासेठको राजीनाम माग गरेका हुन् ।

आगामी आर्थिक वर्षका निम्ति बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै योजना माग्न जाँदा आफूलाई हप्काइएको अपमानित गरिएको सांसद थापाले गुनासो समेत गरेका छन् । ‘ देशमा १६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नराख्ने मन्त्रीले  आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुने पूर्वाग्रही व्यवहार गर्ने मन्त्री र राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कारबाही गरी पदमुक्त गर्नुपर्छ।’ थापाको भनाइ थियो  ।

सांसद थापाले आफूले बजेट बाँडफाँड गरिएको रातो किताब बोकेर बाजुराका जनतासमक्ष जान नसक्ने भन्दै बजेट किताब मन्त्रालयलाई फिर्ता गरेका घोषणा गरेका छन् ।

उता पूर्वमन्त्रीसमेत रहेका नेकपाका सांसद जनार्दन शर्माले पनि बजेटप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।  उनले आफ्नो जिल्लाका निम्ति छुट्याइएको बजेट न्यून रहेकोमा असन्ुष्टि पोख्दै भौतिक योजना मन्त्रालयले २४० बजेट विनियोजन गरेको छ । यो २ करोड ४० लाख हो कि २ लाख ४० हजार भन्दै त्यो रकम जति भए पनि प्रधानमन्त्रीको गृह जिल्ला वा मन्त्री महासेठको गृहजिल्ला रकमान्तर गरेर लैजाउ भने ।  
 

प्रतिक्रिया दिनुहोस