aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

एक अर्ब ४ करोड २४ लाख रुपैयाँ राजस्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
एक अर्ब ४ करोड २४ लाख रुपैयाँ राजस्व

काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी एक अर्ब ४ करोड २४ लाख रुपैयाँ राजस्व छली गर्ने विरुद्ध मुद्दा दर्ता गरिएको छ । १० वटा फर्महरुको बैंक खाता सञ्चालक सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने सरोकुमार मिश्रसहित मुख्य अभियुक्त १० जना र मतियार ७ जना विरुद्ध सोमबार राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

प्रोकरस इन्टरनेशनल प्रालि, आरकेएस इन्टरनेशनल प्रालि, अनन्या इन्टरनेशन, इन्टरसिटी इन्टरनेशनल, ब्लूक्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेशनल र स्वीफ्ट इन्टरनेशन प्रालि नामक फर्म र प्रालिहरुको खाता सञ्चालक, मुख्य कारोबार तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालिका सञ्चालक मिश्रसहितका व्यक्तिहरूले राजस्व छलि गरेको पुष्टी भएको हो । 

लेखा परीक्षण कार्यमा कागजातहरू तयार गरी झुट्टा तथा नक्कली कर बिजकको कारोबार एवम् लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने कर सहयोगीहरु गंगाप्रसाद भट्टराई, रमेश घिमिरे, तोयानाथ अधिकारी तथा लेखा परीक्षकहरु सुरेन्द्रकुमार इङ्गनाम, टंक राउत, दीपक निरौला र दीपककुमार कोइरालालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार जरिवाना र सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको हो । 

प्रतिक्रिया दिनुहोस