aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ ।गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलपूmलहरू चीन निर्यातका लागि सम्झौता भएको थियो ।

पछिल्लो समय विश्वका अन्य विभिन्न देशसँगै चीनमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि सावधानीका लागि चीन सरकार उक्त सम्झौता कार्यान्वयनबाट पछि हटेको बताइएको छ । यसअघि मन्त्रालयले सुन्तलालगायत फलफूल निर्यातको तयारी तीव्र रूपमा भइरहेकाले माघको दोस्रो सातातिर निर्यात थाल्ने बताएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम र नेपाल कृषि अनुसन्धान परिषद्लगायत निकायले निर्यातका लागी सम्पूर्ण तयारी गरिसकेपछि सुरक्षा जोखिमको कारण देखाउँदै तत्कालका लागि सम्झौता कार्यान्वयन गर्न नसकिने आशयको पत्र चीन सरकारले पठाएपछि यसै वर्ष फलफूल निर्यात गर्ने नेपालको योजना असफल भएको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस