
काठमााडैं । पछिल्लो पटक नेपालमा भ्रष्टाचार बढेको एक रिपोर्टले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले विहीबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको देखाएको हो । विहीबार सार्वजनिक गरिएको रिपोर्टमा यसवर्ष १८० देशको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औं नम्बरमा रहेको छ । गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको तथ्यांकमा डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन भने साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशमा परेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार गर्ने गरेको मुलुकका रुपमा सूचित गर्छछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस