aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अमेरिकामा आन्तरिक आतकंवादको जोखिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
अमेरिकामा आन्तरिक आतकंवादको जोखिम

एजेन्सी । अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतङ्कवादको जोखिम रहेको भन्दै एउटा चेतावनी दिएका छन्। बीबीसीका अनुसार उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन्। 

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ। उसले जारी गरेको एउटा सूचनामा सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट त्यस्तो जोखिम रहेको उल्लेख छ।

सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस