aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने’ अभियान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने’ अभियान

काठमाडौं । कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।  कांग्रेसको लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति संयोजक समेत रहेका चौधरीले गरिखाने अभियान अगाडि बढाउने घोषणा गरेका हुन । 

 बिहीबार विरगञ्जमा चौधरीले नेपालीको जीवनस्तर रूपान्तरण गर्नेका लागि गरिखाने अभियान सञ्चालन गर्न लागेको उनले बताए  । उनले भने, ‘६ महिनामा कोभिड १९ बाट व्यावहारिक कठिनाइहरू सिर्जना भए । खासगरी बेरोजगारी समस्या, आपूर्ति र उत्पादन, माग र उत्पादनबीचको खाडल आफ्नै राष्ट्रभित्र पूर्ति गर्ने उद्देश्य अभियानको छ ।’

उनले भने, यो अभियान जिल्लामा सञ्चालन गर्ने सोच रहेको उनले जानकारी दिए ।  सातवटै प्रदेशमा स्थायी संरचना बनाउने अभियानसँगै प्रदेश २ को वीरगन्जमा पहिलो छलफल सञ्चालन गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस