aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौं  । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैं लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । 

  न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । 

    वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस