aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेकनमा चुनावी सरगर्मी, को को छन उम्मेदवार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
फेकनमा चुनावी सरगर्मी, को को छन उम्मेदवार ?
बासु नेपाल   भुपाल तामाङ

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को चुनावी साधारण सभामा तात्न थालेको छ। यहि फागुन ७ गते हुन गईरहेको  निर्वाचनको मिति नजिकिंदै जाँदा उमेद्वारी घोषणा हुन थालेपछि चुनावी माहोल तत्न थालेको हो । 

आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि  फेकनका पूर्व उपाध्यक्ष बासु नेपाल  र वर्तमान महासचिव भुपाल तामाङले उम्मेदवारी दिएका छन् । त्यस्तै वर्तमान सचिव राजु निरौलाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।  

 त्यसैगरि उपाध्यक्ष पदका प्रज्वल  बस्नेत, अमित बाबु ढुंगाना, पवन मैनाली, रामसरण ढकाल, पृथ्वीचन्द ठकुरी, दिपक सिलवाल लगायतको नाम चर्चामा रहेको छ । त्यस्तै, हेमन्त राज दुलाल, विपिन के सी, छबि ओझा, आर सी ओली लगायत महासचिव पदका आकांक्षी देखिएका छन्। अघिल्लो बर्ष हुनु पर्ने फेकनको चुनाव कोरोना महामारीका कारण स्थगित भएको थियो । 

प्रतिक्रिया दिनुहोस