aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गरे ।

“राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्, सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारीअनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस्”, गृहमन्त्रीले भने।

प्रदेशको विशिष्टताअनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्दै गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्नसमेत सुझाव दिए। गृहसचिव प्रेमकुमार राईले गृह प्रशासन सुधार कार्ययोजना, मन्त्रालयको नीतिनियम, निर्देशन, सङ्गठनको कार्ययोजनाअनुुरुप काम गर्नुपर्नेमा जोड दिए । उनले मनसुन शुरु हुन लागेकाले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनका लागि आवश्यक योजना बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस