
भैरहवा । रुपन्देहीमा प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कागजात नभएका २ वटा भारतीय मोटरसाईकल प्रहरीले पक्राउ गरेपपछि छूटाउन प्रहरीलाई १० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मर्चवारी गाउपालिका वडा नं १ बस्ने ६३ वर्षीय रामराज यादव रहेका छन् ।
प्रहरी चेकिङको क्रममा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीबाट कागजात नभएका युपी ५३ ए एच २५४५ र युपी ५१ ए एच ४१६९ नम्वरको २ वटा भारतीय मोटरसाईकल जिल्ला प्रहरी कार्यालयमा रहेको थियो । कार्यालयले मंगलवार मोटर साईकल धनी र सवारी दर्ता किताव लिई आउन भने पनि यादव सवारी धनी तथा कागजात नलिई आएपछि फिर्ता पठाएको थियो।
बुधवार करिव ११ः३० बजेको समयमा रामराज यादव उक्त मोटर साईकलहरु छुटाउनको लागि प्रहरी निरीक्षक कक्षमा आएर १० हजार रुपैया दिन खोजेको पछि यादवलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । पक्राउ परेका यादवलाई घुसररिसवत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलमा पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस