aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
महासंघ

महासंघले गर्यो पर्यटन समिति विस्तार, गुणस्तरीय पर्यटन भित्र्याउन भुमिका खेल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
महासंघले गर्यो पर्यटन समिति विस्तार, गुणस्तरीय पर्यटन भित्र्याउन भुमिका खेल्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । समिति विस्तार गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पर्यटनको सम्भाव्यता भएको यसको बजारीकरण गर्नुपर्ने बताए । ‘हामीले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्र्याउने भन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक भित्रयाउन ध्यान दिँंदा यसबाट लाभ उठाउन नसकिएको हो,’ उनले भने ‘अबको ध्यान सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ हुनुपर्ने पर्छ ।’

यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । ‘नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् । तर, हामी त्रिकोणीय क्षेत्र (पोखरा–काठमाडौं–चितवन) भित्रै हरायौं अक हामीले नयाँ नयाँ गन्तव्यहरुलाई उजार गर्नुपर्छ, प्रचार प्रसार गर्नुपर्छ अनिमात्र लाभ उठाउन सक्छौं र त्यसमा समितिले अर्थपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा मैले गरेको छु अध्यक्ष गोल्छाले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनरजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने बताए । त्यसमा आफूबाट पूर्ण सहयोग रहने विश्वास दिलाए भने महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासंघका सबै सदस्यहरुलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरूले ल्याउनु पर्ने सुझाव दिए ।

महासंघले विस्तार गरेको समितिमा महासंघ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा समिति विस्तार गरेको हो । समितिको सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीलाई चुनिएका छन् ।
समितिका सदस्यहरूमा पुष्पराज कुँवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद) ¥याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकुर रहेको महासंघले जनाएको छ । समितिको सल्लाहकारमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदा र रामशरण थपलिया रहेका छन् । 

 
समितिमा आमन्त्रित सदस्यहरुमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशिय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अम्रित भुजेल छन् ।

यसैगरी ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ चयन भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस