aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राजस्व छलि गर्ने न्यूरोडका १९ फर्मलाई अनुसन्धान विभागले गर्यो जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
राजस्व छलि गर्ने न्यूरोडका १९ फर्मलाई अनुसन्धान विभागले गर्यो जरिवाना

काठमाडौं । राजस्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) विवरण नभरी मालवस्तु ढुवानी गर्ने विभिन्न १९ वटा फर्महरुलाई जरिवान गरेको छ । विभागले माघ ७ र ८ गते न्यूरोड क्षेत्रका ८५ फर्महरुको अनुगमन गर्दा १९ वटा फर्महरुले उक्त प्रणालीमा विवरण नबुझाई मालवस्तु ढुवानी गरेको पाएको हो । राजस्व छलि गर्ने उक्त फर्महरूलाई विभागले २४ लाख २५ हजार जरिवान गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

साथै व्यवसाय गर्ने सम्पूर्ण फर्म संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व दुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा अनिवार्य प्रविष्ट गरी क्यूआर कोड भएको भीसीटीएस मेनिफेस्टो र सक्कल कागजात राखेरमात्रै मालसमान ओसारपसार गर्न विभागले निर्देश गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस