
काठमाडौं । अहिले नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । भारतले दिएको ‘कोविशिल्ड’ खोप नेपालमा गत बुधबार देखि नै लगाउन थालिएको हो । धेरैलाई यो खोप लगाइसकेपछि फेरि कोरोना संक्रमण हुन्छ कि हुँदैन भन्ने जिज्ञासा रहेको पाइन्छ ।
यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन सक्ने जनाएको छ । मन्त्रालयले भनेको छ, ‘यो खोप लगाएपछि केहि व्यक्तिमा फेरि संक्रमण हुनसक्छ । तर, खोप लिएपछि कोरोना संक्रमण भएपनि यसबाट गम्भिर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ ।’
यसबाट जोगिन खोप लिएपछि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, अर्को व्यक्तिसँग २ मिटरको दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हाट धुने जस्ता स्वास्थ्य मापदण्डहरुके पालना भने निरन्तर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस