aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस