
एजेन्सी । भारतीय वित्तमन्त्री निर्मला सीतारमणको बजेट भाषणसँग सँगै भारतीय शेयर बजारमा उछाल आइएको छ । बजेट भाषणमा वित्तमन्त्रीले नयाँ कर स्ल्याबहरू नराखेका कारण बजारले नयाँ रेकर्ड वृद्धि भएको छ ।
बम्बई स्टक एक्स्चेञ्ज (बीएसई) सेन्सेक्स १५६९ अंकले वृद्धि भएको छ । बीएसई ४७ हजार ८५५.४८ विन्दुमा पुगको छ । भारतमा बैंकिङ इन्डेक्समा भारी वृद्धि भएको छ । नेशनल स्टक एक्स्चेञ्न(निफ्टी)को बैंक सूचकांक १४९० अंक वृद्धि हुँदै ३२०५५.९० विन्दुमा पुगेको छ ।
अर्थमन्त्री निर्मला सीतारमणको यो तेस्रो बजेट भाषण हो । सरकारले २०२०/२१ को राज्य कोषको घाटा घरेलु उत्पादन( जीडीपी( ९.५ प्रतिशत हुने बताएकी छिन । त्यस्तै २०२१–२२ को लागि ६.८ प्रतिशत हुने अनुमान गरिएको छ ।
सरकारले बीमा ऐन, १९३८ संशोधन गर्नेछ । यस अन्तर्गत बीमा कम्पनीहरूमा विदेशी लगानी (एफडीआई)को सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत गरिएको छ । यस एचडीएफसी लाइफको शेयर ५.२ प्रतिशतमाथि कारोबार भएरहेको छ । त्यस्तै, एसबीआई लाइफ ३.८ प्रतिशत र आईसीआईसीआई प्रुडेन्शिल लाइफ इन्स्योरेन्स शेयर ६.१ प्रतिशतभन्दा वृद्धि भएर कारोबार भइरहेको छ ।
भारतीय सरकारले शहरका ग्यास वितरण अन्तर्गत देशका १०० अन्य शहरहरू जोड्ने महत्वपूर्ण योजना सार्वजनिक गरेको छ । ग्यास कम्पनीहरुको शेयरमा पनि उछाल देखिएको छ । इन्द्रप्रस्थ ग्यास सेयर २.५ प्रतिशत र महानगर ग्यास शेयर १.८ प्रतिशतले बढेको छ ।
सरकारले धितोपत्र बजार कोड ल्याउने भएको छ । यसमा सेबी ऐन, सरकारी सेकुरिटी ऐन र डिपोजिटरी ऐन समावेश हुने वित्तमन्त्रीले बताएकी छिन ।
प्रतिक्रिया दिनुहोस