
एजेन्सी । भारतमा ८३ वर्षपछि बीमा ऐन परिवर्तन भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले बीमा ऐनमा परिवर्तन गर्ने घोषणा गरेकी हुन । भारतमा १९३८मा ल्याइएको बीमा ऐन २०२१मा आएर परिवर्तन भएइको हो ।
उक्त बीमा ऐनमा अब भारतमा विदेशी लगानीकर्ताले ७४ प्रतिशतसम्म लगानी गर्न पाउने छन यसभन्दा पहिला ४९ प्रतिशतमात्र लगानी गर्न पाउने कानुनी व्यबस्था रहेको थियो ।
भारतको ठूलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी)ले अब आईपीओ जारी गर्ने छ । भारतका सरकारी बैंकमा सरकारले २० हजार करोड थप लगानी गर्ने वित्तमन्त्रीले घोषणा गरेकी छिन् ।
भारतमा बैंक तथा वित्तीय संस्था बढिरहेको खराव कर्जा व्यबस्थापनका लागि एसेस्ट रिकस्ट्रस्शन कम्पनी र एसेस्ट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने उनले बताइकी छिन ।
प्रतिक्रिया दिनुहोस