काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपाललाई दिने वित्तिय अनुदान बढाएको घोषणा गरेकी छिन् । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको घोषणा गरिएको हो ।
सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ । बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस