
एजेन्सी । भारतीयको केन्द्रिय सरकारको वजेट भाषणमा इन्धनमा थप कर लगाउने घोषणा गरेको छ । भारतको केन्द्रीय सरकारको बजेट भाषण गर्दै केन्द्रीय वित्तमन्त्री निर्माला सितारमणले डिजेल र पेट्रोेलमा इन्धनमा कर लगाउने बताएकी छिन् । पेट्रोलमा २.५ भारु प्रति लिटर र डिलेलमा ४ भारु प्रति लिटर बढाउने घोषणा गरेकी छिन् ।
कोरोना महामारीको असरले सिथिल भएको अर्थ व्यवस्थालाई पुन पुरानै अवस्थामा ल्याउन मात्र अझै दुई वर्ष लाग्ने अनुमान विभिन्न भारतीय अर्थविदको विश्लेषण गरेका छन ।
भारतको अर्थव्यवस्थालाई कम्तीमा पुरानै स्थितिमा र त्यसपछि विश्वकै ठूलो अर्थव्यवस्थामा पु¥याउने ध्ययका कारण पनि वित्त मन्त्री सितारमणले आय स्रोत व्यावस्थापनको दबाबमा रहेकी छिन् । भारतको ठूलो जनसङ्या आज पनि कृषिमा निर्भर रहेको छ साथै अर्थ व्यवस्थामा पनि कृषिको ठूलो योगदान रहेको छ । यस कारण कृषि क्षेत्रमा भारतलाई व्यापक लगानी गर्नपर्ने आवश्यता देखिएको हुन्छ ।
सो लगानीका लागि आवश्यक पर्ने वित्त व्यस्थान भने विभिन्न स्रोतबाट जटाउनु पर्ने हुन्छ । वित्तमन्त्री सितारमणले इन्धनमा करको दर बढाई यसबाट आउने आम्दानी कृषि क्षेत्र विकासमा लगानी गर्ने आफ्नो बजेट वक्तव्यमा घोषणा गरेकी छिन् ।
यस वक्तव्यसँगै भारतमा इन्धनको मूल्य बढ्ने निश्चित भएको छ । नेपाल आफ्नो इन्धन आर्पूतिको लागि पूर्ण रुपमा भारतसँग निर्भर रहेकाले यसको असर नेपालमा पनि पर्न सक्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस