aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतको बजेट भाषणपछि कुन बस्तु सस्तो कुन महँगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
भारतको बजेट भाषणपछि कुन बस्तु सस्तो कुन महँगो

एजेन्सी । भारतको केन्द्रीय सरकारले बजेट भाषण मार्फत विभिन्न बस्तु तथा सामानको मूल्यमा असर पर्ने गरि नयाँ नीति बनाएको छ । भारतीय वित्तमन्त्री निर्माला सितारमणले सोमबार बजेट वत्तव्य मार्फत विद्युतिय समान, फलाम स्टिल, नायलन कपर , इनसुरेन्स सुन चादी सस्तो तर कच्चा धागो मोबाईल फोन, पावर वैक सोलार को पूर्जा, सवारी साधनको पूर्जा, लेदर महँगो हुने गरि बजेट प्रस्तुत गरेकी हुन । 

भारतीय वित्त सितारमणको बजेट भाषणसँगै त्यसको असर नेपाली उपभोक्तमा समेत असर पर्ने देखिएको छ । भारतीय सत्ता पक्ष भारतीय जनता पाटीले भारतलाई आत्मनिर्भर बनाउने उदेद्दयबाट प्ररित बजेट भाषणमा विभिन्न समानको करमा परिवर्तन गर्ने घोषणा गरेको छ । 

आफ्नो आन्तरिक उत्पादन क्षेत्रलाई प्रोत्साहित गर्ने र आयात घटाउने उदेश्य सहितको नीतिगत सुधार गर्ने अभिप्रायले ल्याइएको बजेटले विभिन्न समानहरु कर लगाउने घोषण गरेको छ भने कतिपय सामानमा सुविधा पनि दिइने भएको छ ।

भारतसँग झन्डै दुई तिहाई व्यापारमा निर्भर रहेको नेपाललाई यसको प्रत्यक्ष्य रुपमा असर पर्ने देखिन्छ । भारतबाट आयाति सामानमा विषेश आर्कषण देखाउने नेपाली उपभाक्तले केहि सामान सस्तो मूल्यमा पाउने छन् भने केहि समानमा महँगो मूल्य चुकाउनु पर्ने भएको छ ।

बजेट भाषणको अंश हेर्ने हो भने नेपाली उपभोक्ताले कच्चा धागो , मोबाइल फोन , पावर बैंक, सोलारको पूर्जा र सवारी साधनको पाटपूर्जा, लेदरका सामानको मूल्य धेरै पर्ने दिखिएको छ । तर कन्ट्रकशनमा चाहिले फलाम र स्टिल भने सस्तो हुने भएकाले यसले नेपालको अर्थतन्त्रलाई केहि राहत पुग्ने देखिन्छ । त्यसैगरी नाईलन, कपर इन्सोरेन्स विद्युतीय सामान र सुन चाँदी  उपभाक्ताले सस्तो मूल्यमा पाउने अनुमान छ । 
 

प्रतिक्रिया दिनुहोस