aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न अध्ययन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २० माघ २०७७
तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न अध्ययन

काठमाडौं । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु भएको जानकारी दिए । उनले भने, “सुरुङमार्ग बनाउने निष्कर्षमा पुगिए पनि सुरुङमार्ग चार वा छ लेन, कति लेनको बनाउनेबारे टुङ्गोमा पुग्न बाँकी छ ।”

तीनकुनेदेखि जडीबुटीसम्म बन्ने करिब आठ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्न अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन गरिरहेको महाशाखा प्रमुख थापाले बताए । 

तीनकुने–जडीबुटी सडकको समानान्तर हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमुनि सुरुङमार्ग निर्माण गर्न अध्ययन अगाडि बढाइएको हो । सुरुङमार्ग निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक रहेको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सडक विभागसँग सहकार्य गरेर सडक निर्माण गरिने बताए । भौतिक रूपमा पनि सम्भव रहेको बताउँदै उहाँले विमानस्थलको धावन मार्गबाट नभई सडकको छेउबाट सडक बन्ने हुँदा समस्या नभएको स्पष्ट गरे । 

सो क्षेत्रको जाम हटाउन फ्लाई ओभर निर्माण, सडक विस्तारलगायतका विभिन्न विकल्पबारे छलफल भए पनि विमानस्थल भएकाले सुरुङमार्ग नै सुरक्षित र उपयुक्त हुने हुँदा सुरुङमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाइएको उनले स्पष्ट पारे । सो क्षेत्रको ट्राफिक व्यवस्थापन तथा जाम हटाउन आर्थिक वर्ष २०७५÷७६ देखि नै नियमित बजेटमा कोटेश्वरमा अन्डर पास निर्माण गर्ने कार्यक्रम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस