aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेकनको चुनावमा प्यानल घोषणा हुन थाल्यो, नेपाल प्यानलको नामावाली यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
फेकनको चुनावमा प्यानल घोषणा हुन थाल्यो, नेपाल प्यानलको नामावाली यस्तो छ

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल(फेकन)को आगामी फागुन ८ गते हुन गइरहेको वार्षिक साधारणसभा एवं नयाँ पदाधिकारी चयनको लागि प्यानल घोषणा गर्न थालेका छन् । प्रोफेशनल एण्ड एडुशेसन सर्भिसका प्रबन्ध निर्देशक तथा फेकनका वरिष्ठ पूर्वउपाध्यक्ष बसुदेव नेपालले आगामी नेतृत्वका लागि प्यानल घोषणा गरेका छन् । 

लामो सयमदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय नेपालले आगामी निर्वाचनमा फेकनलाई शैक्षिक परामर्श क्षेत्रमा कोभिड १९ बाट परेको असरबाट व्यवसायलाई बाहिर निकाल्न नयाँ नेतृत्व तयार पनेबताएका छन् ।
 
उनले आफ्नो नयाँ नेतृत्वका लागि उपाध्यक्षमा सक्सेस एडुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक प्रज्वल बस्नेत, उपाध्यमा नै आसाही इन्टरनेशनलका प्रवन्ध निर्देशक हेमन्तराज दुलाललाई उम्मेदवार बनाएको बताएका छन ।

त्यस्तै, महासचिव पदका लागि नेपाल प्यानलबाट ई हाइवे एडुकेशनल नेटवर्कका प्रवन्ध निर्देशक विपिन केसी, सचिवमा मार्क एडुकेशनल फाउण्डेशनका प्रबन्ध निर्देशक पृथ्वी विक्रम चन्द, सचिव पदमा स्टडी डेस्टिनेशनका प्रवन्ध निर्देशक अमित खडका, कोषाध्यक्ष पदमा डिडास योकोसोका प्रवन्ध निर्देशक अनिल शर्मा पौडेलले उम्मेदवारी दिएका छन । त्यस्तै, सदस्यहरुमा दिपा लामिछाने, दिनेश न्यौपाने, सुदेश पोखरेल र मणी ज्ञावली सहितको नेपाल प्यानल तयार भएको छ । 

त्यस्तै, अर्को प्यानलमा वर्तमान महासचिव भूपाल तामांगले अध्यक्ष पदमा उम्मेवदारी दिने घोषणा गरेका छन् भने रेन एडुकेशन कन्सल्टेन्सीका सञ्चालक अमितबाबु ढुंगानाले उपाध्यक्ष पदमा उम्मेदावारी दिने घोषणा गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस