aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

असन्तुष्ट प्रधानमन्त्रीको डिसक्वालिफाई गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
असन्तुष्ट प्रधानमन्त्रीको डिसक्वालिफाई गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताउनुभएको छ । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उहाँले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । 

बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औँ बैठकका क्रममा उहाँले आयोजना ढिला हुँदा लागत पनि दुई गुणा बढ्ने र त्यसको प्रतिफलको लाभ पनि पर्याप्त नहुने बताउनुभयो । “राज्यलाई दोहोरो गम्भीर हानि पु¥याउने कम्पनीलाई काम दिन सकिन्न”, उहाँले भन्नुभयो, “आयोजना पूरा गरेपछि त्यस्ता ठेकेदारलाई ‘डिसक्वालिफाई’ गर्नुपर्छ । ”

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा ठेकेदार भाग्ने समयपछि त्यो पूरा हुने गलत जानकारी आफूलाई दिइएको उहाँले बताउनुभयो । “बारम्बार मौखिक रूपमा कुरा भएपछि मैले सचिवलाई नै डायरीमा आयोजना पूरा हुने मिति लेख्न लगाएँ”, उहाँले भन्नुभयो, “तर ठेकेदार भाग्यो । आयोजना भनेको समयमा पूरा भएन । ” आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस