
एजेन्सी । विश्व दोस्रो धनी व्यक्ति जेफ्रीप्रस्टन वेजज् उर्फ जेफ वेजज् अमेजनको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा दिने भएका छन् । झन्डै तीस वर्ष अगाडि अनलाइन बुक स्टोर हुदै ई– कर्मसको विस्तार गर्दै शुुरु गरेका थिए ।
अमेजनलाई विश्वको सबैभन्दा धनी कम्पनी बनाउन सफल बनाएका थिए । यसै वर्षको अन्यतिर वेजज्ले आफ्नो जिम्मेवारी क्लाउड कम्पूटिङ्ग प्रमुख यान्डि ज्यासिलाई हस्तान्तरण गर्न लागेका छन् । ५२ वर्षिय ज्यासि भने सन् १९९७ मा हार्डवड विजेन स्कुल पढेपछि अमेजोनमा काम सूरु गरेका थिए ।
कम्पनीको आफनो वक्तव्यमा अमेजन ओयव सरविसको मुख्य कार्यकारी अधिकृत यान्डि ज्यसीले यस वर्षको तेस्रो त्रैमासमा प्रमुख कार्यकारी अधिकृतको पदको जिम्मेवारी दिने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस