aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा ई-कमर्श व्यापारमा थप २ प्रतिशत कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
भारतमा ई-कमर्श व्यापारमा थप २ प्रतिशत कर

एजेन्सी । भारतको केन्द्रीय सरकारले २०२१ को बजेटमा विदेशी ई-कमर्समा थप २ प्रतिशत कर लगाएको छ । यो कर दुबै कम्पनी सामान र सेवाहरू अनलाइन बिक्री गर्ने कम्पनीहरुमा कर लाग्ने छ । भारत सरकारले वित्त ऐन २०१६ को केही धारामा परिवर्तन गरेर यो व्यवस्था लागू गरेको हो । 

यो प्रावधान अघिल्लो आर्थिक वर्ष अर्थात् १ अप्रैल २०२० देखि पूर्ण रूपमा लागू हुनेछ । त्यस्ता सबै विदेशी कम्पनीहरू, जुन सामानहरू बिक्री गर्न वा अनलाइन मोडल मार्फत सेवाहरू प्रदान गर्ने सबै कम्पनीलाई लागू हुनेछ । 

कम्पनीहरूले अप्रिल १, २०२० देखि अहिलेसम्म २ प्रतिशत थप कर लगाइनेछ । भारतमा एमेजोन, फ्लिपकार्ट, जोमाटो, स्विगी लगायत थुप्रै ई– कमर्शका कम्पनीहरूले व्यापार गरिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस