
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा यहि माघ ३० गते गर्ने भएको छ । अघिल्ला वर्षहरूमा फागुन दोेस्रो साता गर्दै आएको बजेट अर्धवार्षिक समीक्षा गत आथिक वर्षमा पनि माघ २९ गते नै गरेको थियो र यो वर्ष पनि महिनाभित्रै गर्न लागेको हो ।माघ ३० गते बजेट अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले माघमसान्तभित्र आर्थिक अनुशासन, कार्यान्वयन क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक दायित्व कायम हुने गरी समष्टिगत वित्त खाका, बजेट खाका र नतिजा खाका समावेश गरी माघ मसान्तभित्र तयार गर्नु उल्लेख गरिएको छ । त्यसमा बाधिएपछि अर्थ मन्त्रालयले बजेट समीक्षा जसरी पनि यो माघमा नै गर्न लागेको हो ।
सो नियमावली कार्यान्वयनमा आएपछि अर्थ मन्त्रालयलाई अबको एक साताभित्र बजेटमध्यावधि समीक्षा गर्नैपर्ने बाध्यता भएको हो । अर्थ मन्त्रालयले चालु आवका भएको खर्च तथा आम्दानीलाई मन्त्रालय र परियोजनागत छलफल अहिलेको वास्तविक अवस्था कस्तो यस सम्बन्धि खाका प्रस्तुत गर्ने गर्दछ ।
सरकार र अर्थ मन्त्रालयले बजेट खर्च नहुने प्रवृत्ति वर्षैपिच्छे देखिन थालेपछि संघीयता कार्यान्वयनसँगै जेठ १५ मै बजेट सार्वजनिक गर्न थाल्यो । बजेट खर्चको अख्तियारी लिन नपर्ने भयो । बजेट खर्चका लागि कानुनी प्रावधान सबै परिमार्जन गर्दा पनि बजेट खर्च नभएपछि विनियोजन गर्ने पछि बजेटको अंक नै घटाउने अभ्यास गर्दै हुँदै आएको छ । गत आर्थि वर्षमा पनि अर्थ मन्त्रालयले बजेट अर्धवार्षिक समीक्षामा कुल बजेटको ९४.४ प्रतिशतमात्र खर्च गर्ने अनुमान सहित बजेट संशोधन गरेको थियो ।
गत वर्ष सरकारले राष्ट्रिय गौरवका आयोजनालगायत राष्ट्रिय महत्वमा आयोजनामा खर्च गर्न नसकेपछि बजेट समीक्षामाफर्त करिब २० प्रतिशत पुँजीगत खर्च घटाएको थियो । र यो वर्ष कोभिड र निर्वाचनको तयारीमा अदालतको निर्णय कुरेर बसेको सरकारलाई चुनावका लागि पनि बजेट जोह गर्नुपर्ने देखिएको छ भने विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड खोपको लागि करिब ४८ अर्ब लाग्ने देखिएको छ । सो खर्च समेत जुटाउने पर्ने र लक्ष्य अनुसार राजस्व संकलन नहुँदा सरकारले लक्षित राजस्व पनि संशोधन गर्न सक्नेछ ।
सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ७२ अर्ब २८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आज माघ २० गतेसम्म कुल ४ खर्ब ९८ अर्ब ६९ करोड राजस्व संकलन गरेको छ । यो अवधिसम्म सरकारले जम्मा ३२ प्रतिशत अर्थात चार खर्ब ७४ अर्ब ६१ करोड बजेट खर्च गरेको छ । सो खर्चमा पनि चालु खर्च अलि बढी छ भने पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च कम छ । सरकारले यो अवधिसम्म जम्मा ५८ अर्ब ४६ करोड २० लाख रुपैयाँमात्र पुँजीगत खर्च गरेको छ । अहिले भएको खर्चको प्रवृत्तिले पनि अर्थ मन्त्रालयले बजेट अर्ध वार्षिक समीक्षा गर्दा बजेटको आकार नै घटाउने सम्भावन देखिएको छ ।
त्यसरी नै वित्तीय उत्तरदाियत्व कार्यविधिमा केन्द्रीय निकायले मध्यकालीन खर्च संरचना तयार गरी फागुन मसान्तभित्र योजना आयोग र अर्थ मन्त्रालयमा पठाउनु पर्ने उल्लेख गरिएको छ । यसरी मध्यकालीन खर्च संरचना पठाउँदा आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, प्रति एकाइ लागत, कार्यान्वयन अवधि र अपेक्षित प्रतिफल, तीन आर्थिक वर्षको आयोजना तथा कार्यक्रमको अनुमानित बजेट, गत आर्थिक वर्षको यथार्थ खर्च र चालु आर्थिक वर्षको विनयोजन सहित बजेट खाता तयार पारी अर्थ मन्त्रालय र योजना आयोगमा पठाउनु पर्ने उल्लेख गरिएको हो ।
प्रतिक्रिया दिनुहोस