aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

संवैधानिक निकाय : ओली सरकार नियुक्ती गर्ने दाहाल–नेपाल समूह विरोध गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
संवैधानिक निकाय :  ओली सरकार नियुक्ती गर्ने दाहाल–नेपाल समूह विरोध गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संवैधानिक निकायमा नियुक्त भएका विषयमा विरोध गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा    समूहले संवैधानिक अङ्गका पदाधिकारी र सदस्यको  नियुक्ति  असंवैधानिक र बलजफ्तीपूर्ण भएको जनाएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।

वर्तमान सरकार प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमपछि स्वतः काम चलाउमा परिणत भएको जनाउँदै नेत्री पम्फा भुसालले यस्तो अवस्थामा मन्त्रिपरिषद्को पुनःगठनलगायत विषय गर्न नपाइने  जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस