aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

संवैधानिक निकाय नियुक्तीको विरोधमा आमहड्ताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
संवैधानिक निकाय नियुक्तीको विरोधमा आमहड्ताल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति विना नै संवैधानिक निकायमा नियुक्त गरेको विरोधमा भोलि विहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहल नेपाल पक्षले देशभर आमहड्ताल गर्ने भएका छन् । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले दशेभरी मसाल जुलुस निकालेका छन् ।
ओली सरकारले विहीबार रा

सरकारले मानव अधिकार आयोगमा अध्यक्ष तपबहादुर मगर र सदस्यहरु सुर्यप्रसाद शर्मा ढुङगेल, मिहीर ठाकुर, मनोज दुवाडी र लिली थापा बस्न्यातलाई नियुक्त गरेको छ । त्यस्तै, अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दले नियुक्ती पाएका छन् । 

यस्तै निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, मुस्लिम आयोग र थारु आयोगका आयुक्त तथा सदस्यको रिक्त पदमासमेत नियुक्ति भएका छन । 

प्रतिक्रिया दिनुहोस