aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यार्सागुम्बाले दाम पाएन, संकलक निराश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
यार्सागुम्बाले दाम पाएन, संकलक निराश

रुकुम पूर्व । मैकोटेको पाटनमा यार्सा प्रतिकिलो १८ लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो वर्षको तुलनामा १४ लाख रुपैयाँ कम हो । अघिल्लो सिजनमा प्रतिकिलो ३२ लाख रुपैयाँसम्म बिक्री भएको थियो । अघिल्लो वर्षकै यार्सा बिक्री हुन बाँकी रहेकाले यो वर्ष मूल्य घटेको संकलक तथा ठेकेदारहरुको दाबी छ । 

९ दिनअघि खुला पाटनमा यार्सा संकलन तथा खरिदका लागि ठेकेदार पुगेका छन् । जारी सिजनमा प्रतिगोटा यार्सा २५० देखि १ हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ ।

'सबभन्दा राम्रोलाई १ हजार र सस्तोमा २५० रुपैयाँमा प्रतिगोटा कारोबार भइरहेको छ' पुपाल क्याम्पमा रहेका सिजन व्यवस्थापन समिति मैकोटका अध्यक्ष अमरधन पुनले भने, 'राम्रो र सामान्य मूल्यको मिलाएर बिक्री गर्दा प्रतिकिलो १८ लाख रुपैयाँमा यार्सा बिक्री हुने देखिन्छ ।' 

'सिजन सुरु भएयता किलोकै परिमाणमा यार्सा खरिर बिक्री भएको छैन् । यहाँ गोटामा खरिदबिक्री चलिरहेको छ । एक दिनमा पाइनेजति बेलुका बिक्री हुन्छ' उनले भने, 'किलोको हिसाव गर्दा भने १८ लाखको हाराहारीमा पर्ने देखिन्छ ।'

चालु सिजनमा २ हजार बढी यार्सा संकलकले पाटन ढाकिएको छ । ५४ जना ठेकेदार यार्सा खरिदको लागि त्यहाँ पुगेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस