aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

दुई दर्जनबढी बन्दकर्ता पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
दुई दर्जनबढी बन्दकर्ता पक्राउ

काठमाडौं ।  बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीबाट २७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल प्रचण्ड पक्षले गरेको आमहड्तालका क्रममा विहानैदेखि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 राजधनीका विभिन्न सस्थानमा बन्द गर्न हिँडेका नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । हालसम्म बन्द गराउँदै हिँडेका काठमाडौंको महाराजगञ्जबाट १०, ठमेल क्षेत्रबाट १३ जना र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस