काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।
अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ुमेरजुनसम्म परीक्षा दिने मिति सकिएको छु, उनले राजधानीसँग भने ।
प्रतिक्रिया दिनुहोस