
एजेन्सी । भारतीय पुँजी बजारको पुँजीकरण त्यहाको कुल ग्राहस्थ उत्पादन(जिडिपी)को अकारभन्दा ठूलो भएको छ । भारतीय शेयर बजारको पुँजकरण २०० सय करोड भारु पुगेको छ । भने भारतको कुल ग्राहस्थ उत्पादन १९४.८५ सय करोड भारु रहेको छ ।
भारतमा बजेट भाषणका दिनदेखि बजारमा तिव्र वृद्धि देखिएको छ । भारती पुँजीबजार बम्बई स्टक एक्स्चेञ्ज(विएसआई) ५० हजार ३०० पुगेको छ । बिहीबार करोबारको शुरुमा इन्डेक्समा गिरावट आएपनि बजार पुन रिकभरीमा पुगेको छ ।
सेन्सेक्स १११ अंकले वृद्धि हुँदै ५० हजार ३६६.८१ अंकमा पुगेको छ । विहीबार अटो र मेटल कम्पनीको शेयर वृद्धि भएको छ । त्यस्तै नेशनल स्टक एक्स्चेञ्ज (निफ्टी) अटो सूचकांक १ प्रतिशत र मेटल सूचकांक २.११ प्रतिशतमाथि वृद्धि भएर कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस