aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

त्रिविका सहायक डिन घुस लिँदालिँदै च्याप्पै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
त्रिविका सहायक डिन घुस लिँदालिँदै च्याप्पै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बुधबार साँझ कीर्तिपुरको  ट्याङलाफाटबाट पक्राउ गरेको हो। पटेलले पुरानो बानेश्वस्थित एम्बिसन कलेजको सम्बन्धन नवीकरण गराइ दिने नाममा ५० हजार घुस मागेका थिए । 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पटेलमाथि अनुसन्धान सुरु भएको बताए। ‘हाम्रो टोलीले पक्रेको छ। थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने। घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन्।  

ट्याङलाफाटको एक रेष्टुरेन्टमा पैसा लिँदै गर्दा उनी पक्राउ परेका हुन् । कलेजको नवीकरणका लागि आवश्यक सम्पूर्ण कागजपत्र पुरा भएपनि विभिन्न बहाना बनाएर पटेलले नवीकरण नहुने मात्रै होइन, आफूले भने अनुसार नभएमा कलेज नै बन्द गरिदिने चेतावनी दिएको एम्बिसनका प्राचार्य विष्णु घिमिरेले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस