
काठमाडौं । नेपाली सेनाले २ सय जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि नयाँ भर्ना आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले एक सूचना प्रकाशित गर्दै सो विज्ञापन आह्वान गरेको हो ।
सेनाले प्रकाशित गरेको सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी जम्मा २०० पदमा भर्ना आह्वान गरेको हो ।
न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। योग्यता र उमेर पुगेका नेपाली नागरिकले आज (माघ २२) देखि फागुन ११ गतेसम्म तोकिएमा स्थानबाट वा अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त दिनका लागि रु एक हजार राजस्व तोकिएको छ।
प्रतिक्रिया दिनुहोस